Published using Google Docs
आमा दिदीबहिनी हो
Updated automatically every 5 minutes

आमा दिदीबहिनी हो

r*---R* nR*n        r*---R* nR*n

आफ्नै पौरख खान्छन आफ्नै सीपमा बाँच्छन

दुःख कष्ट सहेर सृष्टि यिनले थाम्छन्

असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्

ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन्

nR*- g*-        n-d–        pgp—

तर पनि अँध्यारोमा जीवन बिताउँछन्।

p– Mg-        MdnR*-

आमा दिदी बहिनी हो !

g*-        n-        d-        pg- d- nd pg p–        

कति बस्छौं दासी भैं सुखको सधै प्यासी बनेर

Dhun:

r*- R*nR*ndn- x2

*n-pdn- r*-nn ndpg

p- - MgMgg–        gM d-n n M*g*n         g

आकासको कालो बादल..तिम्रै शिरमाथि सधै मड्राउँछ

असिना र बर्खे झरी.. तिम्रै भाग्यमाथि निशानी लगाउँछ

बैशाखको घाम तिम्रै पुर्पुरामा लाग्छ,खुन बग्छ पानी बनेर

आमा दिदी बहिनी हो…

Research

आमा दिदीबहिनी हो https://www.youtube.com/watch?v=jIf6dl9F5fM

आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै

सुखको सधैं प्यासी बनेर...

आफ्नै पौरख खान्छनआफ्नै सीपमा बाँच्छनदुःख कष्ट सहेर

सृष्टि यिनले थाम्छन्

असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्

ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन् तर पनि अँध्यारोमा जीवन बिताउँछन्।

आमा दिदी बहिनी हो !

कति बस्छौं दासी भैंसुखको सधै प्यासी बनेर

आकासको कालो बादल..तिम्रै शिरमाथि सर्दै मड्राउँछ

असिना र बर्खे झरी.. तिम्रै भाग्यमाथि निशानी लगाउँछ

बैशाखको घाम तिम्रै पुर्पुरामा लाग्छ,खुन बग्छ पानी बनेर

आमा दिदी बहिनी हो…

बलेनीको वरिपरि मात्र तिम्रो संसार छ, अरु सबै अँध्यारो छ

घरको अटालीमा तिम्रो लन्डन र न्यूर्योक छ चुल्हो राज्यको केन्द्र छ

टपरीमा सिन्के बुट्टा कला तिम्रो सर्वस्व छ खलानमा गुड्छ सड्छ कुहेर…

आमा दिदी बहिनी हो….

पँधेराको कचहरी तिम्रो सेमिनार छ, भाषणको मन्च छ

बनको पोथ्रो छहारीमा संस्कृतिको केन्द्र छ, बनको चरी मित्र छ

बत्ती कात्ने सीप तिम्रो इन्जिनरी शान छपिठीउँमा भारी बोकेर.. ।

आमा दिदी बहिनी हो…

पूर्णिमाको तिम्रो चन्द्र कुल्चिसके मानिसले, तिम्रै कुनै सन्तानले

तिमी जस्तै दिदी बैनी रकेटमा उडिसके, आफ्नो शक्ति चिन्हिसके

तिमी मझेरीमा छुन्मुनाउछ्यौं दङ्ग परी जीबनभरी कैदी बनेर

आमा दिदी बहिनी हो….

रेशमको बुट्टे ब्लाउज टन्न आङ्मा कस्न पाई, लाली पाउडर घस्न पाई

टेलिनको झिल्के साडी लाउन पाई मख्ख परी, बुद्धि सबै नष्ट पारी

पुरुषको खेलौना भै व्यर्थ फाल्यौ भोग विलासको साधन बनेर

आमा दिदी बहिनी हो….

बिं.स २०३१ सालमा प्रकाशित पसिना प्रकाशनबाट लिइएको विकल ज्ञवाली (एकदेव ज्ञवालीको छद्म नाम) द्धारा रचना गरिएको उक्त गीतमा जनवादी गायक जेबी टुहुरे((जुठबहादुर खड्गी) ले स्वर दिएका छन् । जीवनभरी जनताको गीत गाएर सबैको मनमा बस्न सफल भएका जनवादी गायक जेवी टुहुरेको ७८ वर्षको उमेरमा भदौ १० गते (बिहीवार) निधन भएको छ । संसारन्युज साहित्य परिवार उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछ ।