०७२-०१-२४, काभ्रेपलाञ्चोक, विर्ता देउराली गा.वि.स.बाट प्राप्त पत्र,

विषय: राहत सामाग्री उपलब्ध गराइदिने बारे

गाउँ विकास समितिको कार्यालय, विर्ता देउराली, काभ्रेपलाञ्चोकबाट मिति २०७२-०१-२४ मा लिखित एक पत्र  विवेकशील नेपालीको चप्पलकारखाना स्थित कार्यालयमा प्राप्त भएको छ।  

सिफारिस बिषयक उक्त पत्रमा बिर्ता देउराली गाविस २ मा रहेका  १५० घरधुरी  महाभुकम्पका कारण पूर्ण क्षति भएकाले त्यहाँ  बसोबास गर्ने भुकम्प पिडित परिवारलाई आवश्यक पर्ने त्रिपाल लगायत अन्य राहत सामग्री उपलब्ध  गराइदिनुहुन भनी उल्लेख गरिएको छ।