नि: शुल्क व्यावसायिक कृषि तालिम (उद्यमी फेलोशीप) आवेदन फारम

ISAP उद्यमी फेलोशीपको लागि आवेदन यस अनलाइन फारम मार्फत भर्न सकिन्छ | यो गर्न गार्हो भएमा, हाम्रो थापाथाली स्थित कार्यालयमा आएर पनि भर्न सकिन्छ | अरु केही समस्या परेमा हामीलाई इमेल (info@isap.org.np) वा फोन (01-6219866) बाट पनि सम्पर्क गर्न सक्नुहुनेछ |
उद्यमी फेलोशिप : परिचय
नेपालमा हाल केही कृषकहरुले सिमित प्राविधिक, व्यावहारिक एवम् व्यावसायिक ज्ञान बाट नै कृषि व्यावसाय सुरु गरेको कारणले उहाँहरुको लगानी तथा परिश्रमबाट निकै कम प्रतिफल हासिल गरेको देखिन्छ । उदाहरणका लागि, एक टमाटरको बोटबाट करिब १२ देखी १५ किलो सम्म उत्पादन गर्न सकिन्छ, तर नयाँ कृषकले एक बोटबाट मात्र ५ देखी ७ किलो उत्पादन गरेको पाइन्छ। त्यसैगरी, रामेछाप जिल्लाका एक कुखुरापालक व्यावसायिका अनुसार, उहाँले सुरुवाती समयमा अन्य फर्महरुमा देखेजस्तै आफ्नो फर्ममा पनि लाइट बल्ब राख्नुभयो । तर बल्ब उज्यालोको लागि नभएर जाडोमा कुखुरालाई न्यानो गराउनको लागि हो भन्ने थाहा नहुँदा उनी सि.एफ.एल बल्ब राख्न पुगेछन् । यस्ता सानातिना र प्रमुख जानकारीको अभाबमा नयाँ कृषकहरुले आफ्नो समय र परिश्रम दिदादिदै पनि असफल भएको तितो यथार्थ देख्न सकिन्छ ।

यि र यस्तै घटना दोहोरिन नदिन तथा समस्याहरु समाधान गर्न, व्यावसाय सुरु गर्न इच्छुक व्यक्तिलाई व्यावसाय सम्बन्धि पुर्व व्यावहारिक तथा प्राविधिक ज्ञान दिने उदेश्यले हामी उद्यमी फेलोसीप संचालन गर्दै आइरहेका छौँ । यसमा व्यावसाय गर्न इच्छुक व्यक्तिहरुलाई स्थापित उद्यमीबाट कार्यस्थलमै प्रत्यक्ष तालिम दिइन्छ । जस्तै, कोहि च्याउ खेती गर्न इच्छुक हुनुहुन्छ भने उहाँ एक सफल च्याउ फर्ममा बसी सम्पुर्ण प्राविधिक, व्यावहारिक र व्यावसायिक ज्ञान हासिल गर्न सक्नुहुनेछ । उक्त तालिममा सहभागिले कामको अनुभव गर्नुको साथै व्यावसायको प्राविधिक र बजारिकरण सम्बन्धि ज्ञान पनि प्राप्त गर्ने अवसर पाउनेछन् ।

उद्यमी फेलोशीप के का लागि ?
• व्यावसायिक तथा प्राविधिक ज्ञान सिक्न
• व्यावसायको आधारभुत पक्षको पूर्ण जानकारी लिन
• व्यावसाय संचालनको लागि आवश्यक सम्पूर्ण जानकारी लिन
• व्यावसायको व्यवस्थापनमा संलग्न भई सम्पूर्ण ज्ञान लिन
• स्रोत तथा साधनको प्रभावकारी उपयोग तथा खर्च न्यूनिकरण गर्न
• व्यावसायको अभिलेख राख्न तथा बजारको बारेमा गहन अध्ययन गर्न
• व्यावसायमा आवद्ध सम्पूर्ण पक्षहरु विच अन्तरसम्बन्ध बुझ्न
• व्यावसायमा हुन सक्ने संभावित चुनौति र जोखिम बारे पूर्ण जानकारी लिइ त्यसलाई न्यूनिकरण गर्ने तरिका सिक्न
• व्यावसायीक योजना निर्माण गर्न
सहभागीताको लागि आवश्यक शीप र योग्यता
• १८ वर्ष वा बढी
• सामान्य लेखपढ गर्न सक्ने
• मेहेनती प्रवितीको
• फेलोशीप पछि सोहि व्यवसाय संचालन गर्ने सोच भयको वा सोहि क्षेत्रमा संग्लग्न हुने इछ्या भएको
• फेलोशिप को ४/८ हप्ताको अवधिमा पूर्ण प्रतिबद्धता जनाउने मनसाय भएको
उद्यमी फेलोशिपको अवधि, शुबिधा र सर्तहरु
• फेलोशिपको अवधि ४/८ हप्ताको हुनेछ ।
• फेलोशिपको सभागीहरुले ISAP को आयोजनामा हुने तिन दिने नि:सुल्क कृषि उद्यम विकास कार्यशालामा पनि सहभागीता जनाउन पर्ने छ ।
• फार्ममा बसी गरिने तालिमको अवधिमा फर्ममा रहेको टिनको कटेज वा उद्यमीको घरमानै बस्ने व्यवस्था गरिएको छ ।
• फार्ममा बसी गरिने तालिमको अवधिमा खाना पकाउनको लागि चुलो, ग्यास र भाडाकुडा को व्यवस्था गरिएको छ तर खाद्य वस्तुको भने आफै व्यवस्था गर्नु पर्ने छ ।
• काठमाडौँमा हुने तिन दिने कृषि उद्यम विकास कार्यशालाका लागि भने खाने र बस्ने सुबिधा आफै व्यवस्था गर्नु पर्ने छ ।
• फेलोशीपका लागि चयन भएका व्यक्तिले ISAP कार्यालयमा रु. ५००० जम्मा गर्नु पर्ने छ र शो रकम फेलोशीप अन्तिम दिन भावी व्यवसायीक योजना पेश गरे पश्चात फिर्ता हुनेछ ।
उद्यमी फेलोशिपको समय तालिका
• आवेदन भर्ने अन्तिम मिति: असार २३ गते
• फोन अन्तरवार्ता: असार १५ गते देखि असार गते सम्म
• अन्तिम फोन अन्तरवार्ता र छनौट: असार ३० गते
• कृषि उद्यम विकाश कार्यशला: श्रावन १० गते देखि श्रावन १२ गते सम्म
• फार्ममै बसी गरिने तालिम: श्रावन १३ गते देखि भाद्र १३ गते ( ४ हप्ते तालिम)/ असोज ७ गते (८ हप्ते तालिम) सम्म
• व्यापार योजना को तयारी : ४ हप्ते तालिमका लागि भाद्रको पहिलो साता/ ८ हप्ते तालिमका लागि भाद्रको अन्तिम साता
• व्यापार योजना प्रस्तुति र कार्यशाला: ४ हप्ते तालिमका लागि भाद्रको १३ गते / ८ हप्ते तालिमका लागि असोज ७ गते
पुरा नाम: *
Your answer
उमेर *
Your answer
लिङ्ग *
मोवाईल नबर *
Your answer
स्थाई ठेगाना: *
Your answer
हालको ठेगाना: *
Your answer
इमेल
(छैन भने खाली छोड्नुहोस् )
Your answer
शैक्षिक योग्यता *
कुन फेलोसिप को लागि आवेदन गर्दै हुनुहुन्छ? तल मध्ये एउटा छान्नुहोस्: *
कुन अवधिको फेलोसिप को लागि आवेदन गर्दै हुनुहुन्छ? *
Required
तपाई किन आवेदित फेलोशीपमा सहभागी हुन चाहनुहुन्छ? *
Your answer
आवेदित फेलोशीप सम्बन्धित वा पशुपालन र कृषि क्षेत्रमा बिगत् को कार्य अनुभव के छ? *
Your answer
यो कार्यक्रममा सहभागी भएर तपाईंले के सिक्ने अपेक्षा राख्नुभएको छ? *
Your answer
यस तालिमका बारेमा कसरी थाहापाउनुभयो? *
यस तालिमका बारेमा अन्य माध्यमबाट थाहा पाउनु भएको हो भने, उक्त माध्यम उलेख गर्नु होस् l
Your answer
निम्न सर्तहरु पढेको र पालन गर्न प्रतिबद्धता जनाउनु होस् । *
Required
*
Required
*
Required
*
Required
*
Required
हाम्रा प्रशिक्षकहरु
Submit
Never submit passwords through Google Forms.
This form was created inside of Asian University for Women. Report Abuse - Terms of Service - Additional Terms